Friday, June 5, 2015

इंग्ल्याण्ड र न्युजिल्याण्डको टेस्ट म्याचमा ग्राउण्ड बाटै उठ्यो ३२ लाख





इंग्ल्याण्ड र न्युजिल्याण्डको टेस्ट म्याचमा ग्राउण्ड बाटै उठ्यो ३२ लाख




क्रिकेटको घर (होम अफ क्रिकेट) भनेर चिनिने विश्व प्रख्यात लन्डन को लर्डस क्रिकेट मैदानको स्वामित्व रहेको प्रतिष्ठित क्रिकेट क्लब एमसीसी मेरिलिबोन क्रिकेट क्लबले क्रिकेट म्याच चलिरहदा नेपालका भूकम्प पीडितको लागि सहयोग उठाएको छ।


इंग्ल्याण्ड र न्युजिल्याण्डको टेस्ट म्याचको तेस्रो दिनमा दर्शकहरु बाटै बीस हजार पाउण्ड (नेपाली रुपैया करिब ३२ लाख ) संकलन गरिएको हो।
रोयल गोर्खा राइफल्सका प्रतिनिधिहरुको समन्वयमा संकलित उक्त रकम गोर्खा वेलफेयर ट्रस्ट मार्फत दुर्गम गाउँका अति प्रभावित क्षेत्रमा खर्चिने क्लबले जनाएको छ।

क्रिकेट ग्राउण्डबाटै क्लबले सहयोगको आव्हान गरेपछि दर्शकहरुले स्वःस्फुर्त रुपमा सहयोग जम्मा गराएका थिए। सोही दिनको खेल हेर्न पुगेकी ब्रिटिश अभिनेत्री जुआना लुम्लेले नेपालको अवस्था बारे जानकारी दिँदै क्लबको यो कदमको खुलेर प्रशंशा गरेकी थिइन्।

एमसीसीले आफूहरूको नेपालसँगको सम्बन्ध प्रगाढहुँदै गइरहेको बताएको छ। खेलको रूपमा लोकप्रिय बन्दै क्रिकेटको विकास भईरहेको देश नेपालमा आफ्नो सहयोग रहने प्रतिवद्दता समेत ब्यक्त गरेको छ।

उक्त क्लबले गत मार्चमा दुबईमा आयोजित टी २० प्रतियोगितामा नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्कालाई छनोट गरेर खेल्ने अवसर प्रदान गरेको थियो। यसका अलावा क्लब पदाधिकारी आगामी नोभेम्बरमा नेपालको दुई हप्ते भ्रमणमा जाने कार्यक्रम तय छ। तर क्लबले वर्तमान अवस्थामा भ्रमण बारे के गर्ने भनेर क्रिकेट एसोसिएसन अफ नेपालसँग परामर्श भईरहेको जनाएको छ।

No comments:

Post a Comment