Monday, June 15, 2015

धर्मशालामा नेपालको दोस्रो जित



३१ जेठ, काठमाडौं । टी-२० विश्वकप छनोटको तयारीका क्रममा भारत भ्रमणमा रहेको नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ ।

सोमबार भएको खेलमा नेपालले हिमाञ्चल प्रदेशको टीमलाई ६१ रनले पराजित गरेको छ । यससँगै नेपालले सिरिजमा २-० को अग्रता लिएको छ ।

धर्मशाला स्टेडियममा टस हारेर पहिले ब्याटिको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनायो । नेपालको सुरुवात राम्रो हुन सकेन । नेपालको स्कोर ९ रन हुँदा ओपनर सुवास खकुरेल व्यक्तिगत पाँच रनमा आउट भए भने थप ८ रन जोड्दा अर्का ओपनर सागर पुन ४ रनमा पभेलियन फर्किए ।

उपकप्तान ज्ञानेन्द्र मल्लले क्रिजमा टिकेर खेलिरहे पनि उनलाई अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् । कप्तान पारस खड्का र विनोद भण्डारी समान १-१ रनमै आउट भए ।

शरद भेसवाकर ११ रनमा आउट भए । प्रदिप ऐरी शून्यमा नै आउट भएपछि नेपालको स्कोर ६ विकेटको क्षतिमा मात्र ४७ रन थियो ।

तर, आठौं नम्बरमा ब्याटिङमा आएका सोमपाल कामीले ज्ञानेन्द्रलाई साथ दिने प्रयास गरे । सातौं विकेटका लागि ज्ञानेन्द्र र सोमपालले ३८ रनको साझेदारी गरे । यस्तै ज्ञानेन्द्रले शक्ति गौतनसँग ३७ रनको अविजित साझेदारी गरे ।

ज्ञानेन्द्र ५२ रनमा अविजिति रहे । ४७ बलको सामना गरेका उनले २ चौका र १ छक्का हाने । शक्ति ९ रनमा अविजित रहे ।

हिमाञ्चल प्रदेशका गुरुविन्दर सिंहले २ विकेट लिए भने राघव धवन र आकाश शर्माले समान १-१ विकेट लिएका छन् ।

जवाफमा मैदान उत्रिएको हिमाञ्चल प्रदेश १४.३ ओभरमा ६१ रन जोड्दा अलआउट भयो । नेपाली बलरहरू चम्किएपछि हिमाञ्चल प्रदेशका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । उसका लागि सुमित बर्माले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

हिमाञ्चल प्रदेशको टीमलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामीले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । जितेन्द्र मुखियाले २ ओभरमा ९ रन दिएर २ तथा शक्ति गौचनले २.३ ओभरमा ८ रन दिएर २ विकेट हात पारे ।

करण केसीले एक विकेट लिए । ३ ओभर बलिङ गरेका उनले मात्र ९ रन दिए । विकेट नलिएपछि सागर पुनले किफायती बलिङ गरे । १ ओभर बलिङ गरेका उनले मात्र २ रन दिए ।


Wednesday, June 10, 2015

ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौटका लागि नेपाली टोलीको घोषणा



काठमाडौं, जेठ २७ – नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यनले चार जना वैकल्पिक सहित १९ जना खेलाडी प्रतियोगिताका लागि छनौट गरेको हो ।

आउँदो जुलाई ३ देखि २६ सम्म आयरल्याण्ड र स्कटल्याण्डमा हुने प्रतियोगिताका लागि खेलाडी छनौट गरिएको क्यानका कार्यबहाक
अध्यक्ष दीपक कोइरालाले बुधबार विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ ।

छनौटमा पर्ने खेलाडीमा कप्तान पारस खड्का, सदर भेषवाकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी र सुवास खकुरेल छन् । यस्तै ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी, राजेश पुलामी मगर, प्रदिप ऐरी, जितेन्द्र मुखिया, अनिल मण्डल र सिद्धान्त लोहनी पनि छनौटमा पर्न सफल भएका छन् । वैकल्पिक खेलाडीका रुपमा पृथु बाँस्कोटा, मेहबुब आलम, भुवन कार्की र अभिनाश कर्ण छनौट भएका छन् ।

यसैगरी टिम लिडरमा क्यानका कार्यबहाक अध्यक्ष दीपक कोइराला, टिम म्यानेजरमा क्यानका प्रमुख कार्यसञ्चालन अधिकृत छुम्बी लामा, प्रशिक्षकमा पुवुदु दशानायके, टेक्निकल एनेलिस्टमा रमन सिवाकोटी, बलिङ कोचमा विनोद दास, ब्याटिङ कोचमा भारतका मोन्टी देशाई र फिजियोमा भारतका ऐजाज असई रहेको कार्यबहाक अध्यक्ष कोइरालाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाली टोली अहिले भारतको धर्मशालमा बन्द प्रशिक्षणमा रहेको छ ।

Tuesday, June 9, 2015

नेपाल र नेदरल्याण्ड बिच हुने ४ टि-२० खेल असार १५ गतेदेखि





नेपाल र नेदरल्याण्ड बिच हुने ४ टि-२० खेल असार १५ गतेदेखि नेदरल्याण्ड मा सुरु हुने भएको छ | टि – २० वोर्ल्डकप छनोट आगाडी हुने ४ खेल को सिरिज मा नेपाल र नेदरल्याण्ड भिड्न लागेका हुन् | नेदरल्याण्ड क्रिकेट बोर्ड ले एक सूचना जारी गर्दै नेपाल र नेदरल्याण्ड बिच सो खेल हुन लागेको जानकारी दिएको हो | खेल स्थानीय समय आनुसार ११:०० बजे सुरु हुने र हेर्न क लागि कुनै शुल्क तिर्न नपर्ने पनि नेदरल्याण्ड क्रिकेट बोर्ड ले जनाएको छ |
खेल तालिका :


मंगलबार असार १५ ( २०:४५ NPT) : नेपाल बिरुद्द नेदरल्याण्ड (VRA GROUND, AMSTELVEEN)


बुधबार आसर १६ ( २०:४५ NPT) :नेपाल बिरुद्द नेदरल्याण्ड (VRA GROUND, AMSTELVEEN)


बिहिबार असार १७ ( २०:४५ NPT) : नेपाल बिरुद्द नेदरल्याण्ड (HAZELAARWEG, ROTTERDAM)


शुक्रबार असार १८ ( २०:४५ NPT) : नेपाल बिरुद्द नेदरल्याण्ड (HAZELAARWEG, ROTTERDAM)

Monday, June 8, 2015

Nepal practice Session at Dharmasala, India

Nepal practice Session at Dharmasala, India

Photo Gallary




FIFA corruption: Could Russia, Qatar lose their World Cups?

If there is enough evidence of wrongdoing, FIFA has the power to strip the World Cup from both Russia and Qatar.

Soccer's governing body, currently engulfed in the worst corruption scandal in its 111-year history, has a provision which allows it to revoke hosting rights for "unforeseen contingencies and force majeure."

"If there is still evidence that a substantial amount (of votes) have been bought by illegal means, then of course it could be changed," Swiss law professor and anti-corruption expert Mark Pieth told The Associated Press. "I would not totally rule it out, and of course there are many other questions linked to it."

So far, the Russians and Qataris don't seem to be worried.

FIFA has been plunged into crisis since seven officials were arrested in dawn raids last week at a luxury Zurich hotel ahead of the FIFA congress. They were among 14 indicted by U.S. authorities on corruption charges.

In a separate probe, Swiss authorities are investigating the 2018 and 2022 World Cup bidding contests, which went to Russia and Qatar.

In the wake of the two investigations, FIFA President Sepp Blatter announced his decision to resign. That came only four days after he was re-elected for a fifth, four-term.

U.S. authorities are also looking specifically at the 79-year-old Blatter, but he has not been formally charged.

Russia was awarded the 2018 World Cup and Qatar was given the 2022 tournament in an executive committee vote in Zurich in December 2010. Accusations of vote-buying followed quickly, and FIFA appointed American lawyer Michael Garcia as the lead investigator into possible wrongdoing. Garcia submitted his report late last year, but soon resigned after a disagreement over what was in the file.

Garcia's full report has never been released, but FIFA turned over the document to the Swiss authorities who are still investigating possible corruption.

Several members on that 24-man executive committee have been largely discredited since the vote, including a life ban for Qatari official Mohammed Bin Hammam and some resignations and shorter bans for others.

Besides the Swiss investigation, Australia has added to the pressure with its own police investigation. Australia was one of the losing bidders in the 2022 contest.

FIFA has made late changes to big tournaments before, though not on the same scale. Colombia withdrew as the host of the 1986 World Cup four years before kickoff because of economic problems and Mexico stepped in. The 2003 Women's World Cup was switched from China to the United States with only six months' notice because of the outbreak of the SARS virus.

England, Germany and the United States could be potential replacement hosts for the next two World Cups.

The FIFA executive committee — the powerful panel of officials that awarded the World Cup to Russia and Qatar in the first place — would likely have the final say on where the next two World Cups will be played.

And the position of some of the top executives and possible contenders to succeed Blatter as president are complicated, especially when it comes to Qatar's bid, the most contentious.

Michel Platini, the president of European body UEFA and a stern critic of Blatter, voted for Qatar. Africa soccer confederation president Issa Hayatou, the most senior executive after Blatter, has close links with Qatar. And Prince Ali bin Hussein of Jordan, who lost to Blatter in last week's election, has consistently said Qatar deserves to host the first World Cup in the Middle East.

The Qataris have been saying little since the FIFA crisis erupted, but claim they were cleared by FIFA after Garcia's report was submitted.

"The results of his investigation showed there was no suspicion," Qatari foreign minister Khalid bin Mohammad al-Attiyah said.

FIFA ethics judge Joachim Eckert, who assessed Garcia's report, cited "problematic facts and circumstances" about the Qatar bid and other candidates but said the evidence was not enough to compromise the bidding process as a whole.

The Russians have criticized the United States for its part in the investigations, with President Vladimir Putin saying the American authorities were meddling in soccer affairs.

"There is a persecution going on with a maniacal desire to accuse Russia of some improbable crimes which then force others to decide to take the World Cup away from us," Russian deputy sports minister Natalya Parshikova said.

The United States was another losing bidder in the vote for the 2022 tournament.

Russia has spent much of its $12.4 billion budget, with three stadiums completed and nine more in the works. Qatar has five stadiums in progress and reportedly a $200 billion budget.

The deciding factor on a revote, however, may still be in the hands of the investigators.

"What would be awkward and could happen is that you have evidence two or three votes have been bought, and is that sufficient?" Pieth said.

Friday, June 5, 2015

इंग्ल्याण्ड र न्युजिल्याण्डको टेस्ट म्याचमा ग्राउण्ड बाटै उठ्यो ३२ लाख





इंग्ल्याण्ड र न्युजिल्याण्डको टेस्ट म्याचमा ग्राउण्ड बाटै उठ्यो ३२ लाख




क्रिकेटको घर (होम अफ क्रिकेट) भनेर चिनिने विश्व प्रख्यात लन्डन को लर्डस क्रिकेट मैदानको स्वामित्व रहेको प्रतिष्ठित क्रिकेट क्लब एमसीसी मेरिलिबोन क्रिकेट क्लबले क्रिकेट म्याच चलिरहदा नेपालका भूकम्प पीडितको लागि सहयोग उठाएको छ।


इंग्ल्याण्ड र न्युजिल्याण्डको टेस्ट म्याचको तेस्रो दिनमा दर्शकहरु बाटै बीस हजार पाउण्ड (नेपाली रुपैया करिब ३२ लाख ) संकलन गरिएको हो।
रोयल गोर्खा राइफल्सका प्रतिनिधिहरुको समन्वयमा संकलित उक्त रकम गोर्खा वेलफेयर ट्रस्ट मार्फत दुर्गम गाउँका अति प्रभावित क्षेत्रमा खर्चिने क्लबले जनाएको छ।

क्रिकेट ग्राउण्डबाटै क्लबले सहयोगको आव्हान गरेपछि दर्शकहरुले स्वःस्फुर्त रुपमा सहयोग जम्मा गराएका थिए। सोही दिनको खेल हेर्न पुगेकी ब्रिटिश अभिनेत्री जुआना लुम्लेले नेपालको अवस्था बारे जानकारी दिँदै क्लबको यो कदमको खुलेर प्रशंशा गरेकी थिइन्।

एमसीसीले आफूहरूको नेपालसँगको सम्बन्ध प्रगाढहुँदै गइरहेको बताएको छ। खेलको रूपमा लोकप्रिय बन्दै क्रिकेटको विकास भईरहेको देश नेपालमा आफ्नो सहयोग रहने प्रतिवद्दता समेत ब्यक्त गरेको छ।

उक्त क्लबले गत मार्चमा दुबईमा आयोजित टी २० प्रतियोगितामा नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्कालाई छनोट गरेर खेल्ने अवसर प्रदान गरेको थियो। यसका अलावा क्लब पदाधिकारी आगामी नोभेम्बरमा नेपालको दुई हप्ते भ्रमणमा जाने कार्यक्रम तय छ। तर क्लबले वर्तमान अवस्थामा भ्रमण बारे के गर्ने भनेर क्रिकेट एसोसिएसन अफ नेपालसँग परामर्श भईरहेको जनाएको छ।